सपनालाई छेउमा बोलाउँदै प्रथम

काठमाडौं । निर्देशक राजु गिरीको फिल्म ‘विन्दास’ को चौंथो सिक्वेल ‘विन्दास लाइफ’ को दोस्रो गीत ‘आउन मेरो छेउ’ सार्वजनिक भएको छ । लोक लयमा आधारित गीतमा लक्ष्मण पौडेल र कल्पना देवकोटाको स्वर, लक्ष्मणको शब्द तथा संगीत छ । गीतमा सपना लामिछाने र प्रथम खड्काले फिचरिङ गरेका छन् ।

अनिल राइको कोरियोग्राफी रहेको गीतमा र्यापर अमृत ल्वागुनले र्याप हानेका छन् । गीतमा विनोद बमको सम्पादन, जीवन पराजुलीको डीओपी र रामेश्वर हुमागाईको छायांकन छ ।

फिल्ममा सपना लामिछाने, प्रथम खड्का, चिरन अधिकारी, पल्पसा डंगोल, मदन सिटौला, गोपाल कुइँकेल, भिम खनाललगायतको अभिनय छ । फिल्ममा सपना लामिछानेको लगानी छ भने रोशन श्रेष्ठको द्वन्द निर्देशन छ । फिल्म फागुन ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।