सयपत्री मखमलीमा रमाए इलामे युवा

काठमाडौं । इलामे युवाको समूहले तिहारलाई लक्षित गर्दै ‘सयपत्री मखमली’बोलको तिहार गीत सार्वजनिक गरेका छन् । सन्तोष भक्तराजलवटको शब्द र बलबहादुर राजवंशीको संगीत रहेको गीतमा बलबहादुर र रोजिना श्रेष्ठले स्वर दिएका छन् ।

गीतको भिडियोमा युनिक डान्स सेन्टर इलामका प्रज्जवल चापागाईसहितको समूहले फिचरिङ गरेका छन् । भिडियोमा केशव खनाल, सुवर्ण खड्का, प्रविण श्रेष्ठ, सन्तोष भक्तराजलवटलगायतलाई पनि देख्न सकिन्छ ।

प्रविण श्रेष्ठले निर्देशन गरेको भिडियोमा सन्दिप प्रधानको छायांकन, संकोच श्रेष्ठको कोरियोग्राफी, सन्दिपकै सम्पादन छ । भिडियो सिर्जना समर्पण युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।