आशिरमानको काखमा रोमान्टिक शिल्पा

काठमाडौं । फिल्म ‘दि ब्रेकअप’को फष्टलुक सार्वजनिक भएको छ । तिहारको मौका छोप्दै फिल्म युनिटले फष्टलुक सार्वजनिक गरेको हो । फष्टलुकमा फिल्मका प्रमुख कलाकारद्वय आशिरमान देशराज जोशी र शिल्पा मास्केलाई देख्न सकिन्छ ।

हेमराज बिसी निर्देशित फिल्मको गीत ‘आज हाम्रो भेट भाको दिन’ले युट्युबमा राम्रै संख्यामा दर्शक पाइरहेको छ । आगामी पौष २७ बाट दर्शकमाझ आउने फिल्मको सार्वजनिक पोस्टरमा आशिरमानको काखमा शिल्पा रोमान्टिक देखिएकी छिन् । पोष्टरमा फिल्मका अन्य कलाकारलाई देखाइएको छैन ।

फिल्ममा आशिर र शिल्पासँगै इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाल लिड अभिनयमा छन् । अष्ट्रेलिया र नेपालमा छायाँकन गरिएको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन् । रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीको संयुक्त लगानीमा निर्माण भएको ’दि ब्रेकअप’मा सुरेन्द्र पौडेलको सम्पादन छ ।