जात्रैजात्रा टिजरमा दयाहाङको सरप्राइज

काठमाडौं । दुई वर्ष अघिको हिट फिल्म ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’को टिजर सार्वजनिक भएको छ । केही दिन अघि मात्र छायांकन गरिएको टिजरमा फिल्मका प्रमुख तीन कलाकार विपिन कार्की, रविन्द्र झा र रविन्द्रसिंह बानियाँले आत्महत्या गर्न खोज्दा अर्का अभिनेता दयाहाङ राईले बचाएको दृश्य समेटिएको छ ।

प्रदिप भट्टराइको निर्देशनमा बन्न लागेको यो फिल्म फागुन १७ गते रिलिज हुँदैछ । फिल्मको घोषणा कार्यक्रममा दयाको नाम सार्वजनिक गरिएको थिएन । दयाको सरप्राइज भूमिकाले दर्शकमा कौतुहलता अझै बढाउने निर्देशक भट्टराईले बताए । फिल्ममा वर्षा राउत प्रमुख भूमिकामा रहे पनि टिजरमा उनलाई अँटाइएको छैन ।

रविन्द्रसिंह बानियाँ प्रस्तुतकर्ता रहेको फिल्ममा सिंगे लामा र यादव पौडेलको लगानी छ । फिल्ममा मित्र डी गुरुङको सम्पादन, शिवराम श्रेष्ठको छायांकन, शंकर महर्जनको द्वन्द्व छ ।