साँइली फष्टलुकमा सुन्दरी मेनुका

काठमाडौं । आगामी चैत्र १५ गतेलाई रिलिज मितिको साइत निकाल्दै फिल्म ‘साँइली’को फस्टलुक सार्वजनिक भएको छ । हेमन्त रानाले गाएको चर्चित गीत ‘सुन साँइली’बाट नै फिल्मको नाम ‘साँइली’ राखिएको हो ।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्मको तीन फष्टलुकमध्ये दुई फष्टलुकमा फिल्मकी शीर्ष नायिका मेनुका प्रधानले फिचरिङ गरेकी छन् । अर्को एक फष्टलुकमा गौरव पहाडी, दयाहाङ राईले फिचरिङ गरेका छन् ।

गायक हेमन्त र नायक गौरवको कम्पनी जीएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, कृपा सिंह लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्ममा विशाल गुरुङ र मोहन राना मगर निर्माता छन् ।

फिल्ममा कालिप्रसाद बाँस्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।