दीपिकाले हटाईन आरके ट्याटु

मुम्बई(एजेन्सी) । रणवीर सिंह र दीपिका पादुकोणको विवाहले यो साता बलिउड निकै गर्मायो । इटलीमा विवाह गरेका उनीहरुको विवाहका तस्बिर सामाजिक सञ्जालमा भाइरल सरह बने । उनीहरु तस्बिरमा निकै खुशी देखिन्थे । तर यी तस्बीरमध्ये एउटा तस्बीरले सबैको ध्यान आकर्षित गरेको छ । दीपिकाले अघिल्ला प्रेमी रणवीर कपुरको नाममा गर्धनमा बनाएको ट्याटु नदेखिएपछि उनले ट्याटू कसरी गायब बनाइन् भन्ने चर्चा शुरु भएको छ ।

दीपिकाले विवाह पछि रणवीर कपुरको नाममा बनाएको ट्याटु हटाएकी छन् । रणवीर कपुरसँगको गहिरो प्रेमको बेला दीपिकाले उनको नाममा घाँटीमा ट्याटु खोपेकी थिइन् ।
उनले घाँटीमा ‘आरके’ लेखाएकी थिइन् । रणवीरसँग प्रेमसम्बन्ध टुटेपछि उनले ट्याटुको डिजाइन बदलेकी थिइन् । अहिले भने त्यो टाटुलाई पूर्ण रुपले मेटाएकी छन् ।,