वीरविक्रम २ मा वर्षाको महंगो रोमान्स

काठमाडौं । निर्देशक मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको फिल्म ‘विर विक्रम २’को मुस्ताङमा महंगो रकममा गीतको छायांकन गरिएको छ । निर्माण पक्षका अनुसार झण्डै २३ लाख रुपैंयाँ खर्च गरेर खिचिएको गीतमा नायकद्वय पल शाह र नाजिर हुसेन तथा नायिका वर्षा सिवाकोटीले फिचरिङ गरेका छन् ।

चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको संयुक्त ब्यानरमा निर्माण भइरहेको फिल्ममा अपर्ण सापकोटा सह– निर्माता छन् । निर्देशक चाम्सले कोरस डान्सरको जम्बो टोलीसहित मुस्ताङमा गीतको छायांकन भइरहेकोले त्यसको लागत महंगो भएको बताए । रञ्जीत गजमेरको संगीत, कुसुम गजमेरको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बु र मेलिना राईको स्वर छ ।

फिल्ममा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिसा भण्डारी, बुद्धि तामाङ, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज शाक्य र बालकलाकार मनिष लिम्बुको अभिनय छ ।

फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद, रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व र बनिष शाहको सम्पादन छ ।