हेम्सवर्थसँग साइलीले गरिन् विवाह

लसएञ्जल्स(एजेन्सी) । अमेरिकी पपस्टार माइली साइरसले अष्ट्रेलियन नायक तथा लामो समयदेखिका साथी लिआम हेम्सवर्थसँग विवाह गरेकी छन् । उनले विवाह गरेको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेपछि विवाह गरेको निश्चित भएको हो । यो जोडीको दशक अघि फिल्म ‘दी लास्ट सङ’को समयमा भेट भएको थियो ।

गत नोभेम्बरमा क्यालिफोर्नियामा भएको आगलागीमा उनीहरूले आफ्नो घर गुमाएका थिए । घर जलेपछि साइरसले फ्राङ्कलिनमा लिएको घरमा विवाह गरेका हुन् ।

समाचार अनुसार परिवार र निकट साथीहरुको उपस्थितिमा उनीहरुले विवाह गरेका थिए । यो जोडीले सन् २०१२ मा इन्गेजमेन्ट गरे पनि केही समयपछि उनीहरु छुट्टिएका थिए ।छुट्टिएको तीन वर्ष पछि अर्थात् सन् २०१५ मा उनीहरु पुनः इन्गेज्ड भएका थिए । गत नोभेम्बरमा साइरसले आफू र हेम्सवर्थ आगलागीबाट बचेको लेखेकी थिइन् ।