चिसो मौसममा प्रहलादको हिउँ सरी

काठमाडौं । केही समय अघि दोस्रो एकल एल्बम ‘महक २’ सार्वजनिक गरेका गायक प्रहलाद तिमिल्सिनाले यही एल्बमको नयाँ गीत ‘हिउँ सरी’ को भिडियो दर्शकमाझ ल्याएका छन् ।

आधुनिक शैलीको उक्त गीतमा संगीतकार सुरेश अधिकारीको शब्द तथा अभिनेता जीवन लुइँटेलका शब्द छन् । छाँयाकार हरि हुमागाईंद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का तथा अभिनेत्री सुमी मोक्तानले अभिनय गरेका छन् ।

उत्तम हुमागाईद्वारा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा प्रकाश तुलाधरको सम्पादन छ ।