मुम्बई(एजेन्सी) । बक्स अफिसमा धमाल मच्चाइरहेको साउथ स्टार यशको फिल्म ‘केजीएफ’का बीच उनलाई मनपराउनेका लागि एउटा दुःखद खबर छ । गत जनवरी ८ मा जन्मदिन मनाउने तयारी गरिरहेका यशले एक्कासी जन्मदिनको कार्यक्रम रोके । जन्मदिनमा शुभकामना दिन जान लागेका एक फ्यानले यशको सुरक्षाकर्मीका कारण उनलाई शुभकामना दिन नपाएर शरीरमा पेट्रोल छर्की आत्महत्या गरेपछि उनले जन्मदिनको कार्यक्रम रोकेका हुन् ।
यशको बैंग्लोरस्थित घरमा उनलाई बधाई दिन शुभचिन्तकको लाइन लागिरहँदा तीध्येका एक २६ वर्षे फ्यान रविले उनलाई भेट्ने प्रयास गरिरहँदा सुरक्षाकर्मीले रोक्ने प्रयास गरेपछि उनले आत्महत्या गरेका हुन् । घटना हुनासाथ उनलाई अस्पताल पु¥याइएपनि उनलाई बचाउन सकेनन् । चिकित्सकका अनुसार आगोका कारण रविको ७० प्रतिशत भाग जलेको थियो । चिकित्सकले उपचार गरिरहँदा उनले यशकै नाम लिइरहेका थिए ।
यशले घटनालाई दर्दनाक भन्दै उनले रवि आफ्नो फ्यान नभएको बताए । उनले यस किसिमको काम गर्ने आफ्नो फ्यान हुन नसक्ने भन्दै अन्य फ्यानलाई यस्तो काम नगर्न आग्रह गरेका छन् ।