ब्रहमानन्दमको बाइपास सर्जरी

मुम्बई(एजेन्सी) । तेलुगु कमेडियन र कलाकार ब्रहमानन्दमको बाइपास सर्जरी गरिएको छ । बिहीबार अचानक अस्पताल भर्ना गरिएका उनको आकस्मिक जाँच पछि बाइपास सर्जरी गरिएको हो । उनलाई अस्पताल पु¥याउँदा उनको अवस्था निकै गम्भीर थियो ।

मुम्बईको एएचआई अस्पतालमा डाक्टर रमाकान्त पान्डाले उनको सर्जरी गरेका थिए । सर्जरी पछि उनको अवस्थामा सुधार आएको छ । ६२ वर्षका ब्रहमानन्दमले रेडी, बादशाह र विनोदम जस्ता हिट फिल्ममा काम गरिसकेका छन् ।

उनले सन् १९८५ मा अभिनयमा डेब्यु गरेका थिए । उनले हालसम्म एक हजार भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनी सबैभन्दा बढी कमाउने कलाकारका रुपमा पनि परिचित छन् ।