ट्रेलरमा छल्कियो आशिर–शिल्पाको प्रेम

काठमाडौं । निर्देशक हेमराज बिसीको प्रेमकथाको फिल्म ‘दि ब्रेकअप’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका प्रमुख दुई पात्र आशिरमान देशराज जोशी र शिल्पा मास्के फिचर्ड छन् । ट्रेलरमा उनीहरुको कम विछोड बढी प्रेम देख्न सकिन्छ ।

अष्ट्रेलिया र नेपालमा छायांकन गरिएको फिल्म आगामी फागुन १७ गते रिलिज हुँदैछ । फिल्ममा रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीको लगानी छ । निर्देशक बिसीकै कथा रहेको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ ।

फिल्ममा आशिर र शिल्पाका अलावा सरोज खनाल, रेनदास श्रेष्ठ, इच्छा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ ।