छायांकनमा आयुष–शिल्पाको सानो मन

काठमाडौं । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रमुख भुमिकामा अभिनय रहने फिल्म ‘सानो मन’ को छायांकन सुरु भएको छ । राजधानीमा बिहीबार फिल्मको मुहूर्तसँगै सुटिङ पनि सुरु गरिएको हो ।

हङकङ निवासी सुयोग गुरुङको निर्देशन रहने फिल्म काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन गरिनेछ । सांगीतिक प्रेमकथाको फिल्ममा आयुष्मानले निर्वाण र शिल्पाले सानियाको भुमिका निभाउँदैछन् ।

ओपिजी फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्ममा योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धरको लगानी हुनेछ । फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतको अभिनय रहनेछ ।

फिल्ममा आलोक शुक्लाको छायांकन, समिर सुनवार र निर्देशक गुरुङको लेखन साजन सिंहको कोरियोग्राफी, सुयोग सोताङको संगीत रहनेछ ।