शोभितको बद्रीबहादुरमा तेक्वान्दोका डन

काठमाडौं । निर्देशक शोभित बस्नेतको छायांकनरत फिल्म ‘बद्रीबहादुर’बाट नेपाली रजतपटमा राजिबजङ बस्नेतले नायकको रुपमा डेब्यु गर्दैछन् । राजिब तेक्वान्दोका पाँचौं डन हुन् । उनले डेब्यु गर्न करिब छ महिना कडा मेहनत गरेका छन् ।

राजिबले २०१४ मा कोरियामा भएको तेक्वान्दोमा ४२ राष्ट्रलाई पछि पर्दै विजेता बनेर ‘इन्टरनेसनल मास्टर टाइटल’ पाएका थिए । सानै देखि चलचित्रमा अभिनय गर्ने रहर बोकेका राजिबले चलचित्रम क्षेत्रमा जम्नको लागि तयारीका साथ ‘बद्री बहादुर’ डेब्यु गर्न लागेका हुन् । निर्देशक बस्नेतले पनि रविको कामबाट आफु प्रफुल्लित भएको बताए ।

सञ्चारकर्मी रवि अधिकारीको लगानीमा फिल्म एबि पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानरमा बनिरिहेको हो । फिल्ममा विजय गोपाल दलि प्रस्तुतकर्ता र मिथुन भोटे कार्यकारी निर्माता छन् ।

फिल्ममामा छुल्ठिम गुरुङ, जयकिशन बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, लय संगौला, एलिना रायमाझी, उत्तम केसी, अन्जु केसी, वर्षा चौलागाईं, पुरन थापा, राम गौतम, मनोज केसी, उजन नेम्बाङ र मंगल भोटेको अभिनय रहने छ । फिल्ममा नायिका पुजा शर्मा र सलोन बस्नेतको बिशेष भूमिका रहने छ ।