किशन र रेस्मालाई नाच्ने रहर

काठमाडौं । सञ्चारकर्मी तथा गायक किशन रेग्मी र गायिका रेस्मा केसीको ‘कुम जोडी नाचौ लाग्यो’ गीत भिडियो सार्वजनिक भएको छ । गीतकार शिव शर्मा चञ्चलको शब्द र यस जी योगीको संगीतमा रहेको गीत युएस मिडिया नेटवर्कको युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।

निर्देशक तथा कलाकार शिशिर राणाको निर्देशनमा बनेको यो गीतको भिडियोमा मोेडलद्वय निकोलस अर्याल र एन्जल श्रेष्ठको अभिनय रहेको छ । ललितपुरको भैंसेपाटीमा छायाँकन गरिएको यस भिडियोमा शिव ढकालको छायांकन रहेको छ ।

हाल अमेरिकामा रहँदै आएका गायक किशन रेग्मी अमेरिकाबाट सञ्चालित युएस खबर डटकमका सञ्चालक हुन् । रेग्मीको यस अघिको ‘कान्छी हे कान्छी’लाई पनि स्रोता दर्शकले अत्याधिक रुचाएका थिए । नेपाल रहँदा दाङको रेडियो मध्यपश्चिम र स्वर्गद्वारी एफ एममा लामो समय काम गरेका रेग्मी दाङ चलचित्र पत्रकार महासंघका संस्थापक अध्यक्ष समेत हुन् ।