कप्सका अनुप र सन्दिपाको तिमी र म

काठमाडौं । आगामी वैशाख २७ मा प्रदर्शन हुने फिल्म ‘कप्स’ को पहिलो रोमान्टिक गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । साइप्रसमा छायांकन गरिएको गीतमा नायक अनुपविक्रम शाही र नवनायिका सन्दिपा लिम्बु रोमान्टिक मुद्रामा छन् ।

गीतमा विजय घिमिरे र नितु घिमिरेको स्वर तथा गायक घिमिरेकै शब्द र संगीत छ । गीतमा शिशिर खातीको कोरियोग्राफी छ । कलाकार सम्राट सापकोटाले निर्देशन गरेको फिल्ममा अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तव, सुन्दर श्रेष्ठ, बब्लुविक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारको पनि अभिनय छ ।

आर्या मुभिज र सारा श्री मुभिजको व्यानरमा निर्माण भएको फिल्ममा सुसन प्रजापतिको छायांकन, कविराज गहतराज र शिशिर खातीको नृत्य र विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत, अष्ट महर्जनको द्वन्द्व छ ।