स्वस्तिमा भइन् बाबुकी टिकुली

काठमाडौं । गायक बाबु बोगटीको नयाँ गीत ‘टिकुली’को भिडियो सार्वजनिक भएको छ । गीतमा बाबुकै संगीत तथा स्वर र नारद रिजालको शब्द छ । गम्भीर विष्टले निर्देशन गरेको भिडियोमा नायिका स्वस्तीमा खड्का, बाबु बोगटी र अंशिका बस्नेत फिचर्ड छन् ।

भिडियोमा नबराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन, सुबोल थापाको कोरियोग्राफी छ । यो गीत बाबुको छैटौं एल्बम ‘टुकुली’मा समावेश छ । भिडियो बाबुले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

बाबुले यसअघि गाएका ‘सान्नानी’, ‘जमुना’, ‘तुलसी आँगनमा’, ‘साली’, ‘कान्छी मोरी’लगायतका गीत चर्चित छन् ।