कसलाई अराजको आ भि जा ?

काठमाडौ । नेपालका चर्चित गायक तथा र्यापर अराज केशवको स्वरमा रहेको हिन्दी गीत ‘आ भि जा’को भिडियो सार्वजनिक भएको छ । केहि समय पहिले भारतको म्यूजिक कम्पनी डिजिट्युन्समार्फत रिलीज भएको थियो ।

यो गीत अराजको नेपाली भर्सन ’आउछयौकी’को हिन्दी भर्सन हो । शब्द, संगीत तथा स्वर आफ्नै रहेको गीतमा एक भिडियो पनि बनेको छ । रवि चन्द र निशा सुवेदीको अभिनय रहेको भिडियोमा अराज आफ्नै निर्देशन रहेको छ भने भिडियो सम्पादक मनोज कार्की हुन् ।