काठमाडौं । दोस्रो नेपाल आइडल तथा गायक रवि ओडको स्वर रहेको ‘मिठो बोलीले’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नृत्यपरक उक्त गीतमा प्रसिद्ध संगीतकार हरि लम्सालको संगीत छ । गीतका संगीत संयोजक पनि संगीतकार लम्साल नै हुन् । कृष्ण केसीले उक्त गीत रचना गरेका हुन् । अकेस्टिक स्टुडियोमा रेकर्ड गरिएको उत्तः गीतलाई चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
कोरियोग्राफर शिव बिकको कोरियोग्राफी तथा निर्देशनमा उक्त गीतको म्युजिक भिडियो तयार भएको हो । भिडियोमा मोडल एलिशा राई तथा गायक रवि ओड नै फिचर्ड छन् । सुप्रिम पराजुलीले उक्त भिडियोलाई सम्पादन गरेका हुन् । रामेश्वर कार्की भिडियोका छायांकार हुन् ।
भक्तपुर दरवार स्क्यावरको आकर्षक लोकेशनमा छायांकन गरिएको भिडियोमा करिव ६० जना कोरस कलाकारहरुले सामुहिक नृत्य गरेका छन् ।