कप्स ट्रेलरमा आक्रामक अनुप

काठमाडौं । आगामी १७ जेठबाट रिलिज हुने फिल्म ‘कप्स’ को ट्रेलर सार्वजनिक भएको छ । अनुपविक्रम शाहीको प्रमुख भूमिकामा अभिनय रहेको फिल्मको ट्रेलरमा अनुपलाई आक्रामक लुक्समा देखाइएको छ ।

एक्शन तथा प्रेमकथात्मक फिल्ममा अनुप प्रहरी नायब उपरिक्षकको भूमिकामा छन् । फिल्ममा अनुप डीएसपी अमन सिंहको भूमिकामा छन् । सत्य सेवा सुरक्षणम् नारा बोकेको यो फिल्ममा अपहरणकारी, भ्रस्टाचारी, गुन्डागर्दी बिरुद्ध अनुपलाई उतारिएको ट्रेलरले जनाएको छ ।

तीन दशक लामो समयदेखि फिल्मी अभिनयमा सक्रिय कलाकार सम्राट सापकोटाले यो फिल्मबाट निर्देशनमा ‘डेब्यू’ गरेका छन् । अनुपसँगै फिल्ममा सन्दिपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्म आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त व्यानरमा निर्माण भएको हो । यो चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन् । सुसन प्रजापतिको छायाँकन, बिजय घिमिरेको संगीत, कविराज गहतराजको नृत्य, बिपिन मल्लको सम्पादन रहेको कप्समा निर्देशक साम्राट सापकोटाकै लेखन रहेको छ ।