अनुश्का नयाँ मिस नेपाल

काठमाडौं । अष्ट्रेलियामा खाईपाइ आएको जागिर छोडेर नेपाल आएकी अनुश्का श्रेष्ठले यो वर्षको मिस नेपाल २०१९ को उपाधि जितेकी छन् । बिहीबार राती काठमाडौंको कीर्तिपुरमा भएको फिनालेमा २४ प्रतिष्पर्धीलाई पछि पार्दै उनले शीर्ष उपाधि जितेकी हु ।

अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक गरेकी २३ वर्षीया अनुश्का कमनवेल्थ बैंक अफ अष्ट्रेलिया कार्यरत थिइन् । उनी मिस नेपाल ओसिआनिया पनि हुन् ।

प्रतियोगितामा प्रदिप्ता अधिकारी मिस नेपाल युनिभर्स र रिया बस्नेत मिस नेपाल अर्थ बनिन् । यस्तै मिरा कक्षपतिले मिस नेपाल इन्टरनेशनल र रोज लामा सुपर न्यासनलको विजेता बने ।