काठमाडौं । प्रेमकथामा नयाँ फिल्म ‘माया बस्छ कि के हो ?’ निर्माण हुने भएको छ । प्रेमकथासँगै कमेडी फ्लेभर पनि जोडिने फिल्ममा राजु अधिकारीको निर्देशन रहनेछ । जनकपुर मिडिया हाउसको ब्यानरमा निर्माण हुन लागेको फिल्मको आइतबार राजधानीमा घोषणा गरियो ।
शरद अधिकारीको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म असारको दोस्रो साताबाट छायांकन सुरु हुनेछ । युरोप, लण्डन, स्कटल्याण्ड र नेपालमा छायांकन हुने फिल्ममा सोनाल तामाङ, कस्मता निरौला, ध्रुव दत्त, बेनी ढुंगानालगायतको अभिनय रहनेछ ।
निर्देशक अधिकारीले आफ्ना अघिल्ला फिल्म भन्दा केही फरक हुने बताए । फिल्ममा बहादुर सिंह तामाङ र कृष्ण गिरी कार्यकारी निर्माता छन् । फिल्ममा आरती अधिकारीको कथा, मौनता श्रेष्ठको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत हुनेछ ।