सात किलो तौल घटाउँदै सलमान

मुम्बई(एजेन्सी) । फिल्म ‘दबंग ३’ बाट बलिउड अभिनेता सलमान खान पुनः एकपटक चुलबुल पाण्डेको रुपमा फर्किदैछन् । यो फिल्ममा उनको भूमिको विगत देखाइनेछ । जसमा सलमानको एक अलग लुक्स पनि दर्शकले हेर्न पाउनेछन् । यो लुक्सलाई पाउनका लागि सलमानले निकै मेहनत गरिरहेका छन् ।

समाचारअनुसार फिल्ममा सलमानले चुलबुल पाण्डेको भूमिकामा देखिने पुलिसको भन्दा अघिल्लो रुपमा आफूलाई प्रस्तुत गर्नेछन् । अर्थात उनले पुलिसमा भर्ती हुनुभन्दा अघिको संघर्षलाई फिल्ममा देखाइनेछ । यो लुक्समा फिट हुनका लागि सलमानले सात किलो तौल घटाउँदैछन् । यसैकारण उनी हालका दिनमा जिममा आफ्नो पसिना बगाइरहेका छन् ।

सलमानले हालैमात्र एक तस्बिरलाई सामाजिक सन्जालमा सेयर गरेका थिए । जसमा उनी सर्टलेस अवतारमा देखिएका थिए । जिममा लिइएको यो तस्बिरमा सलमानको टोन्ड र फिट बडी देखाइएको छ । सलमानको फिल्म आगामी डिसेम्बर २० तारिखमा रिलिज हुनेछ । फिल्ममा सलमानका अलावा सोनाक्षी सिन्हा र अरबाज खानको पनि अभिनय छ ।