समाचारमा सुनिए सुमित पाठक

काठमाडौं । रियालिटी शो ‘नेपाल आइडल’का ‘गोल्डन माइक’ विजेता गायक सुमित पाठकले आफ्नो पहिलो गीत ‘समाचार’ लिएर दर्शकश्रोतामाझ आएका छन् ।

‘नेपाल आइडल’मा सहभागी भएपछि उनले गाएको यो पहिलो गीत हो । कालीप्रसाद बास्कोटाको शब्द र संगीत रहेको गीतको भिडियो जी २१ को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतको भिडियोमा सुमितले शिक्षा संग्रौलासँग रोमान्स गरेका छन् । भिडियोमा लोकेश बज्राचार्यको निर्देशन र असीम शाहको क्रिएटिम निर्देशन छ । जी २१ डिजिटलको प्रस्तुतीको यो गीतसँगै सुमित एक वर्षको लागि यसै कम्पनीमा आबद्ध भएका छन् ।