दयाहाङ भन्छन्, ‘प्रेम अपरम्पार हुन्छ’

काठमाडौं । अभिनेता दयाहाङ राई ‘कबड्डी’की रिश्मा गुरुङको मायाले अझै छोडेको छैन् । रिस्माले उनलाई बाल नदिए पनि दयाहाङको उनी प्रतिको क्रेज घटेको छैन । यो फिल्मको तेस्रो संस्करण ‘कबड्डी कबड्डी कबड्डी’को टिजरमा उनी दयाहाङ रिस्माको फोटो हेरेरै अर्का कलाकार विजय बरालसँग ‘प्रेम अपरम्पार हुन्छ’ भनिरहेका छन् ।

निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्मको सार्वजनिक टिजरमा दयाहाङ, नायिका उपासना सिंह ठकुरी, विजय बराललगायत फिचर्ड छन् । आगामी भदौ १३ गते रिलिज हुने फिल्ममा दर्शकले स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा हेर्न पाउनेछन् । फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।
बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । फिल्ममा

कर्मा, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । यसको सम्पादन निमेश श्रेष्ठले गरेका छन्