गीत गजलको छ कि छैन तिमीलाई थाहा

काठमाडौं । आगामी असोज २४ गतेबाट रिलिज हुने फिल्म ‘गीत गजल’को रोमान्टिक भावको गीत ‘छ कि छैन तिमीलाई थाहा’बोलको गीत सार्वजनिक भएको छ । रुप पोखरेल र आरोही सिंह फिचर्ड गीत भारतको गोवा र नेपालमा छायांकन गरिएको छ । गीतमा अर्जुन पोखरेलको शब्द र संगीत तथा सन्तोष लामा र अञ्जु पन्तको स्वर छ ।

गीतको भिडियोमा निर्देशक नितिन चन्दको कोरियोग्राफी छ । गीतमा सुरेश काफ्लेको छायांकन छ । आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली बालकलाकार योगीशा खत्री, सुजल खानलगायतका कलाकारको पनि अभिनय रहेको छ ।आरोहण क्षेत्री निर्माता रहेको फिल्मका सह निर्माता सुजन आचार्य हुन् ।

फिल्ममा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन, अर्जुन पोखरेलको संगीत, निर्देशक नितिन चन्दको कोरियोग्राफी, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ ।