लक्ष्मीले दिइन् निराजनलाई डिभोर्स !

काठमाडौं । संगीतकार सुनिल राईको संगीत रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘भेट किन भयो’बोलको गीतमा गायिका मेलिना राईको स्वर छ । सार्वजनिक गीतको शब्द रचना रोवार्ड सिप्तुङ्गख राईले गरेका हुन् ।

राजु कार्कीले एरेञ्ज गरेको गीतको भिडियो निर्देशक निकेश खड्काले गरेका हुन् । लक्ष्मी बर्देवा र निराजन प्रधानलाई फिचर्ड गरिएको गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् । भिडियोको सम्पादन विकाश धमलाले गरेका छन् ।