डिस होम सिनेमा घरमा छक्का पञ्जा ३

काठमाडौं । दर्शकद्वारा अत्याधिक रुचाइएको फिल्म ‘छक्का पञ्जा ३’ डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन शुरु भएको छ । ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर विगत तीनवर्षदेखि सिनेमाघर १०८ संचालन गर्दै आएको डिसहोमले केही समय अगाडी सिनेमाघर ८८८ पनि संचालनमा ल्याएको छ । यि दुवै च्यानलमा नयाँ र लोकप्रिय नेपाली फिल्म प्रदर्शन हुने गर्छ ।

डिसहोमले संचालनमा ल्याएको सिनेमाघरमा फिल्म हलको पहँुच नभएका दुर दराजका ग्राहकहरुले छानी छानी नयाँनयाँ नेपाली फिल्म सजिलै हेर्न पाउने छन् । डिस होमका अनुसार ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार सिनेमाघरमा प्रदर्शन भईरहेको फिल्म सजिलै खुलाउन सकिन्छ ।

साथै डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने डिस होमले जनाएको छ ।