मेलिनाको शुभकामनामा अन्जली गायिका

काठमाडौं । ड्रिम्स गेट इन्टरटेनमेन्टले गायिका मेलिना राईको स्वर रहेको ‘शुभकामना’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । गीतमा कवि तथा गीतकार भावेश भुमरीको शब्द र रोशन गुरुङको सगीत रहेको छ ।

गीतको म्युजिक भिडियोमा मोडेल अन्जली अधिकारी र बाल कलाकार एरिक बी शाहको अभिनय रहेको छ । गीतमा अन्जलीलाई गायिकाका रुपमा प्रस्तुत गरिएको छ । गौरव गिरीको निर्देशनमा बनेको भिडियोमा सुरेश राउतको सम्पादन र उत्तम हुमागाईको छायांकन रहेको छ ।