डीआरले गाए घर यस्तो होस

काठमाडौं । डा. डीआर उपाध्यायको गीत ‘घर यस्तो होस्’ को भिडियो सार्वजनिक भएको छ । डीआरको शब्द र स्वर र सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ । गीतकारका रुपमा विभिन्न थुप्रै विश्व रेकड् कायम गरेका डा. उपाध्याय गायनमा पनि यो गीत मार्फत देखिएका छन् । सवैको घर स्वर्ग जस्तो होस् जसका लागि आवश्यक कुराहरु के–के हुन भन्ने विषय डा. उपाध्यायले गीत मार्फत प्रस्तुत गरेका छन् । ‘एउटा आदर्श घरको कल्पना गरेर घरका सदस्य सवैले आफ्नो जिम्मेबारी वहन गरुन हरेकको घरमा सुख शान्तिहोस् भन्ने हेतुले मैले यो गीत स्रोता÷दर्शकमाझ ल्याएको हुँ’, कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले भने । डा. उपाध्यायको केही समय पहिला सार्वजनिक एल्बम ‘स्वर्गघर’मा समावेस रहेको गीत हो यो ।

दश उपन्यास र सयौं गीतमार्फत पाठक, स्रोता तथा दर्शकको मन मष्तिस्कम बस्न सफल डा. डीआर उपाध्यायको केही समयअघि बाह्र भाषामा रहेको गीतको एल्बम ‘मायाको सागर’ सार्वजनिक भएको थियो । डा. उपाध्यायका अहिलेसम्म १८ एल्बम र सयौं गीत स्रोता÷दर्शकमाझ आएका छन् । गीत लेखेर एक पछि अर्को कीर्तिमान कायम गरेका डा. डीआर उपाध्यायले वल्र्ड बुक्स अर्फ अमेरिका, अष्ट्रेलिया, लण्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् ।