विद्यालय बनाउन भारतको २ दशमलब ९५ अर्ब सहयोग

काठमाडौं । नेपालको गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माण गर्न भारत सरकारले २ दशमलब ९५ अर्बको आर्थिक सहायता प्रदान गरेको छ । यो विषयमा भारतीय राजदूतावास तथा नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले ७ वटा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारत सरकारको यो आर्थिक सहयोगमा यी विद्यालयहरुको पुनःनिर्माण गरिनेछ ।

भारतीय राजदुतावासद्वारा जारी विज्ञप्तीमा भूकम्प प्रतिरोधीक्षमताको लागि यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुनःनिर्माण हुनेछन् । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको जनाइएको छ ।

भूकम्प प्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरुको पुनःनिर्माणको लागि प्राविधिक सहयोग प्रदान गर्नेछ ।