दृश्यको जीवनमा रविनाको ढुंगामुढा

काठमाडौं । गायक प्रताप दासको स्वरमा रहेको गीत ‘ढुंगामुढा’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा दृश्य सुवेदी, रविना कार्की, बिमला हुमागाई र अंकित मल्ल फिचर्ड छन् ।

भिडियोमा श्रीमान र श्रीमतिबीच हुने मनमुटाव र त्यसले टुटेको दाम्पत्य जीवनलाई देखाइएको छ । भिडियोमा दृश्यलाई संगीतकर्मीको रुपमा प्रस्तुत गरिएको छ ।

गीतमा बिमला हुमागाईंको शब्द तथा मनोज सेङसनको संगीत तथा एरेन्ज छ । आदित्य बुढाथोकीको निर्देशन रहेको भिडियोमा कविता तोलाङीको मेकअप, मुकेश हुमागाईको छायांकन तथा प्रकाश एसकेको सम्पादन तथा रंग संयोजन छ ।