कंगनालाई देशद्रोहको मुद्दा

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री कंगना रनावत अक्सर चर्चामा आइरहन्छिन् । हालका दिनमा कंगना अभिनेता सुशान्त सिंह राजपूतको कथित आत्महत्याको मामलाका कारण चर्चामा छिन् । यसैबीच कंगनाका विरुद्ध एक मुद्दा दर्ता भएको छ । उनीमाथि देशद्रोहको आरोप लागेको छ ।

कंगना सामाजिक सन्जालमा निकै सक्रिय रहन्छिन् । उनी प्राय सामाजिक सन्जालमा विवादास्पद अभिव्यक्ति दिने गर्छिन् । कंगनाले हालैमात्र संविधानको आरक्षण व्यवस्थाका विरुद्ध एक पोस्ट लेखेकी थिइन् । सोही पोस्टका आधारमा उनीविरुद्ध देशद्रोहको आरोप लागेको हो ।

कंगनाको पोस्टका विरुद्ध अखिल भारतीय भीमसेनाका राष्ट्रिय अध्यक्ष सतपाल तंवरले गुरुग्राम प्रहरीमा देशद्रोहका मुद्धा दर्ता गराएका हुन् । यो मुद्धा दर्ता भएपछि प्रहरीले अनुसन्धान शुरु गरेको छ । सतपालले निवेदनमा कंगनाले भारतीय संविधानलाई जातिवादी भनेको र संविधानको अन्त्य गर्ने कुरा गरेको उल्लेख गरेका छन् ।

‘कंगनाले पोस्टका माध्यमबाट जनतालाई उक्साउने र भड्काउने काम गरेकी छन् । जाति व्यवस्थाको हलवाला दिँदै एससीरएसटी वा ओबीसी वा सामान्य वर्गले लडाउने कोशिस गरेकी छन्, जुन देश विरोधी हो ।’ उनले भनेका छन् ।