पुष्पलाई एलिजाको सास बन्ने रहर

काठमाडौं । गायक नरेश रेग्मीको नयाँ गीत ‘म सास बन्न पाए’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा मोडल तथा अभिनेता पुष्प खडका र एलिजा गौतम फिचर्ड छन् ।

हाल अस्ट्रेलिया बस्दै आएका गायक रेग्मीले नेपाल रहँदा थुप्रै म्युजिक भिडियोमा अभिनय समेत गरेका छन । रोमान्टिक शैलीको गीतमा वसन्त सापकोटाको शब्द र संगीत छ ।

शिव विकको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन, मिलन विश्वकर्माको सम्पादन ,सुरेश काफ्लेको ड्रोन, पारु अधिकारीको ड्रेस समाबेस छ । गीतलाई एनआर क्रिएसनले बजारमा ल्याएको हो ।