कोरोना संक्रमित हरिवंश लेख्छन्ः ‘स्वास्थ्य अवस्था सामान्य’

काठमाडौं । अभिनेता हरिवंश आचार्य र उनकी पत्नी रमिला पाठक आचार्यलाई कोरोना संक्रमण भएको छ । अभिनेता आचार्यले आफ्नो फेसबुक र ट्वीटर एकाउन्टमार्फत आफूहरुमा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिएका हुन् ।

हरिवंशले आफूहरुले सामान्य लक्षण देखिएकाले पीसीआर टेस्ट गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको उल्लेख गरेका छन् । उनले माया र आशिर्वादले संक्रमण मुक्त हुनेमा आशा व्यक्त गरेका छन् ।