सोच तिम्रोमा इष्टु र दीपक

काठमाडौं । गायक राज सिग्देलको स्वरमा रहेको ‘सोच तिम्रो’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक सिग्देलको यो गीत केही दिनअघि इन्टरनेटमा ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा अमेरिकामा रहेका गीतकार पदम विश्वकर्माको शब्द छ । गीतकार पदमले लामो समयदेखि अमेरिकामै रहँदै विभिन्न गीतमा शब्द भर्दै आएका छन् । गीतमा राम कार्कीको संगीत छ । गीत द पिक स्टुडियोमा रेकर्ड भएको हो ।

भिडियोमा दीपक आचार्य(काकु), इष्टु कार्कीसँगै मुना सिलवाल र प्रसन पोखरेल फिचर्ड छन् । सुरेश थापाले निर्देशन गरेको भिडियोमा सागर गौतमको छायांकन, अभिनायक शेरचनको सम्पादन छ ।