विवाहअघि आलिया नजरबन्दमा !

मुम्बई(एजेन्सी) । अभिनेता रणवीर कपूरसँग अप्रिल १४ मा विवाह गर्न लागेकी अभिनेत्री आलिया भट्ट यतिबेला घरमै नजरबन्दमा छिन् । मिडियाबाट बच्नका लागि आलियाले यो उपाय अपनाएकी हुन् ।

‘जुहुमा धेरै फोटोग्राफर छन् । विवाहसँग सम्बन्धित कुनै पनि प्रश्नबाट बच्नका लागि आलियाले विवाह भइञ्जेलसम्म घरमै बस्ने निर्णय लिएकी हुन्’, आलिया निकट स्रोतले भनेको छ ।

आलिया र रणवीरले आफू निकट परिवार तथा साथीभाईहरुमाझ गोप्य रुपले विवाह गर्ने योजना बनाएका छन् । आलियाको परिवारबाट उनका पिता महेश भट्ट, सोनी राजदान र उनका वृद्ध आफन्त खलकको उपस्थिति हुनेछ ।

रणवीरको परिवारबाट आमा नितु कपुर, बहिनी र मिल्ने साथी आयन मुखर्जीले मात्र विवाहमा उपस्थिति जनाउनेछन् ।