प्रीतिको तीज गीत ढल्की ढल्की

काठमाडौं । नेपाली नारीको महान चाड हरितालिका तीजका अवसरमा गायिका प्रीति कौरले ‘ढल्की ढल्की’ बोलको गीत ल्याएकी छिन् । सुष्मा सिग्देलले लेखेको गीतको कम्पोज अंकितबाबु अधिकारीले गरेका हुन् ।

पप गायिका रुपमा परिचय बनाएकी प्रीतिले लोकलयको तीज गीतबाट पनि राम्रो प्रतिक्रिया पाएको बताएकी छिन् । ‘दर्शक स्रोताबाट राम्रो रेस्पोन्स आएको छ, यसले खुसीसँगै उत्साह पनि थपेको छ,’ उनले भनिन् ।

विक्रम स्वाँरले निर्देशन गरेको भिडियोमा इस्टु कार्की र प्रीति कौर आफैं नाचेकी छिन् । उत्सव दाहालले खिचेको भिडियोमा जस्विर कौर स्वाँरले कोरियोग्राफी गरेका छन् । वीरबहादुर चौधरीले सम्पादन गरेको भिडियो प्रीतिले आफ्नै अफिसियल युट्युब च्यालनबाट सार्वजनिक गरेकी छिन् ।