आज–१४ चैत्र २०८१ बिहिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साझेदारीमा नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। व्यावहारिक कार्यहरूमा प्रगति हुनेछ। नयाँ निर्णय लिनुभन्दा अघि सोचबिचार गर्नुहोस्। शेयर बजारबाट लाभ मिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
इष्टमित्रहरूको साथमा पायक स्थानमा भ्रमणका योग छन्। कार्यक्षेत्रमा विनम्रताको परिचय दिनुहोला। व्यापार व्यवसायमा लाभ रहनेछ। पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
घरपरिवारको सहयोगबाट बिग्रिरहेको कार्य बन्नेछ। यात्राबाट लाभ मिल्नेछ। धर्मकर्ममा रुचि बढ्नेछ। शिक्षकहरूलाई शिक्षाको क्षेत्रमा पदोन्नति हुने सम्भावना रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्यक्षेत्रमा धैर्यले काम लिनुहोला। कर्जा आदिको लेनदेनबाट तनाव बढ्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस। खानपानमा सजगता अपनाउनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घरेलु मामलाहरूमा तेस्रो पक्षको दखलले कुरा बिग्रिनेछ। व्यापार व्यवसायमा लाभ वा कारोबार विस्तारको लागि योजनाहरू बन्नेछन्। आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
वित्तीय मामलाहरू गम्भीरताले सुल्झाउनुहोस्। कार्यक्षेत्रमा अधिकारी वर्गबाट सहयोग पाइएला। आलस्यले गर्दा लाभकारी योजनाहरू गुम्ने सम्भावना रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यक्षेत्रमा पुरानो समस्या सुल्झिनाले विभिन्न अवसरहरु प्राप्त हुनेछन्। पुरानो कारोबारलाई नविनीकरण गर्ने समय रहेको छ। विशिष्ट व्यक्तिहरूसँगको मित्रता बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। समयमा कार्य सम्पन्न गर्न नसकेपनि योजनाहरू बनाउन सक्नुहुनेछ। परिवारबाट सोचेजस्तो सहयोग नमिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आर्थिक सुधारका प्रयासहरू सफल रहनेछन्। आफन्तहरूको साथ मिल्नाले हिम्मत बढ्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
व्यापार व्यवसायमा वेबास्ता गर्दा ठूलो नोक्सान खेप्नु पर्ला। युवा वर्गहरूलाई करियरलाई लिएर नयाँ अवसर मिल्नेछ। संचित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले नयाँ कार्यतर्फ अग्रसरभइनेछ। सहयोगीहरूबाट सहयोग मिल्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अनुभवको कमी सफलतामा बाधक बन्न सक्छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। वैदेशिक रोजगार सफल रहनेछ। नयाँ कार्यको थालनिको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।