काठमाडौँ । लामो समय ‘हर्के हल्दार’को परिचय बनाएका स्थापित कलाकार बिष्णु सापकोटा टेलिभिजनमा फर्किएका छन् । उनी कमेडी बाज कार्यक्रममार्फत कमब्याक गरेका हुन् ।
हरेक आइतबार राती ८ बजे ईमेज टेलिभिजनमार्फत प्रसारण हुँदै आएको कमेडी बाजमा उनी पर्फमरको रुपमा देखिदैछन् । उनले हरेक साता कमेडी प्रस्तुती दिनेछन् । उनी आफ्नो परिचीत पात्र हर्के हल्दारकै गेटअपमा प्रस्तुती दिनेछन् ।
आउँदो आइतबार प्रसारण हुन लागेको कमेडी बाजको नयाँ भागमा उनी देखिदैछन् । जुन भागमा सुशिल नेपाल, प्रताप दास, सिडी बिजय अधिकारी र श्यामराना गेष्टको रुपमा कार्यक्रममा पुगेका छन् ।
कमेडी बाजका निर्माता, निर्देशक तथा सन्चालक सुन्दर खनालका अनुसार अब निरन्तर हर्के हल्दारलाई देख्न पाइनेछ । कलाकार बिष्णु बिगत लामो समयदेखी हर्के हल्दार सिरियलमा काम गर्दै आएका थिए ।
सुन्दरका अनुसार कमेडी बाजको फम्याटमा केहि परिवर्तन गरिएको छ । यसअघि ब्याटल गरिबाट चलेकोमा अब त्यो शैली नहुने र नितान्त मनोरन्ज र केहि प्रस्तुतीहरु थपिएको बताइएको छ । शोमा सुन्दरसँगै आरती थापा होस्टको रुपमा रहेका छन् । शोको बिकाश धमला सहायक निर्देशक हुन् भने लेखन सुन्दर र सन्देश देवकोटाले गर्दै आएका छन् । शोलाई अमृत सुनुवारको टिमले खिच्दै आएको छ ।





