दुई करोड ग्रसको छेकोमा बाः एक योद्धा

काठमाडौं । फिल्म ‘बाः एक योद्धा’ले दश दिनमा दुई करोड रुपैयाँ नजिक ग्रस कलेक्सन गरेको छ । गत शुक्रबारबाट रिलिज भएको फिल्मले आइतबारसम्म १० दिनमा १ करोड ९३ लाख ६ हजार ४ सय ६५ रुपैयाँ ग्रस कलेक्सन गरेको हो । यो फिल्मलाई १० दिनमा ६५ हजार ५ सय ६० दर्शकले हेरेका छन् ।

निर्देशक हरि लम्सालका अनुसार फिल्मको वर्ड अफ माउथका कारण दर्शकको संख्या बढिरहेको छ । ‘शो थपिने क्रम बढ्दै गएको छ । फिल्म राम्रो र हेर्ने पर्ने भन्ने दर्शकको प्रतिक्रिया आइरहेको छ,’ उनले भने ।

फिल्मले सन्तानको इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले पाउने उपेक्षा र दुःखसम्मका विषयलाई समेटेको छ ।

फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ ।