मंसीरमा आउँदै करणको ‘दि कर्मा’

काठमाडौ । भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको फिल्म ‘दि कर्मा’ को फष्टलुकसँगै फिल्मको रिलिज मिति पनि सार्वजनिक गििरएको छ । करणलाई निकै रिसाहा रुपमा प्रस्तुत गरिएको फिल्म आगामी मंसीर ७ मा रिलिज हुनेछ । करण ‘मिस्टर इन्डिया २०१७’ का विजेता पनि हुन् ।

जयराज रायले निर्माण गरेको फिल्ममा देवकुमार श्रेष्ठको निर्देशन छ । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको फिल्ममा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्धी तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतको अभिनय छ ।

फिल्ममा रामेश्वर कार्कीको छायांकन अष्ट महर्जनको द्वन्द्व, निर्माता रायकै कथा, निशा खतिवडाको लगानी, कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र सुशिल पोखरेलको पटकथा तथा संवाद छ ।