माघको चिसो तताउँदै दि कर्मा

काठमाडौं । आगामी मंसिर ७ गते रिलिजको तयारीमा रहेको फिल्म ‘दि कर्मा’ अब माघ ४ गते रिलिज हुने भएको छ । फिल्मका निर्माता जयराज रायले विशेष कारणले फिल्मलाई माघमा सारिएको बताए । तर विशेष कारण के हो भन्ने उनले खुलाएनन् ।

देवकुमार श्रेष्ठले निर्देशन गरेको फिल्मले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनाको कथालाई प्रस्तुत गरेको छ । भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको फिल्ममा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्धि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

जय मिडिया मेनेजमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा रामेश्वर कार्कीको छायांकन, निर्माता रायकै कथा, सुशिल पोखरेलको पटकथा तथा संवाद छ । फिल्म निशा खतिवडाले निर्माण गरेकी हुन् ।