मोहनकृष्णको फुड स्टेसनमा रमाए कलाकार

काठमाडौं । फिल्म निर्माता मोहनकृष्ण श्रेष्ठले राजधानीको कमलपोखरीस्थित सिटी सेन्टरमा सञ्चालनमा ल्याएको नाइन्टीन सेभेन्टी सेभेन फुड स्टेसनमा नाम चलेका कलाकारहरूले खानाको स्वाद लिएका छन् । गत डिसेम्बर २१ बाट सञ्चालनमा आएको स्टेसनमा मदनकृष्ण श्रेष्ठ, सिताराम कट्टेल ‘धुर्मुस’, केदार घिमिरे ‘माग्ने बुढा’, जीतु नेपाल ‘मुन्द्रे’, दीपकराज गिरी, दीपाश्री निरौला, रविन्द्र खड्का लगायतका कलाकारहरूले विविध खानाको स्वाद चाखेका हुन् ।

सञ्चालक श्रेष्ठले स्टेसनको जनवरी १ सम्म उद्घाटन सत्र रहेको बताए । उनका अनुसार फुड स्टेसनमा चाइनिज, कोरियन, कन्टिनेन्टल, बलिउड बिरयानी, दुबइ क्याफेटेरियासहित विभिन्न स्वाद र प्रकारको खाना र डोमेस्टिक तथा इम्पोर्टेट ब्राण्डका पेय पदार्थ पाइनेछ ।

सिटी सेन्टरको चौथो तलाका रहेकाले पनि बिग मुभिज सिनेमामा फिल्म हेर्न आउने दर्शकहरूले फिल्मसँगै विभिन्न प्रकारको खानाको मज्जा लिनेछन् । फुड स्टेशनलाई मोहनकृष्ण श्रेष्ठ, वाइएल लामा, शैलेस प्रजापति, मनिष राजभण्डारी, महेश कार्की र दिपक जोशीले सञ्चालनमा ल्याएका हुन् ।