दर्पणको किन दुख्छ मुटुको फिल डान्स

काठमाडौं । गीतकार दर्पण राईले नेपाली म्युजिक भिडियोमा नयाँ शैलीको प्रयोग गरेका छन् । दर्पणले आफ्नो सेन्टिमेन्टल गीत ‘यो मुुटु दुख्छ किन’मा र्चिर्चत डान्सर सुशान्त खत्रीलाई ‘लिरिकल फिल डान्स गराएका छन् ।

गीतको शब्दभावमा नृत्यमार्फत हाउभाउ झल्काइने डान्सलाई नै लिरिकल फिल डान्स भनिन्छ । बलिउडमा लिरिकल फिल डान्सको ट्रेण्ड निकै चलेको छ । तर, नेपालमा भने यो पहिलोपटक हो, जो मोडल तथा म्युजिक भिडियो निर्देशकसमेत रहेका दर्पणले प्रयोगमा ल्याएका छन् ।

सुशन खत्री भारतीय डान्स रियालिटी शो ‘डान्स इन्डिया डान्स च्याम्पियन’मा बलिउडका स्टार सलमान खान र कट्रिना कैफको अगाडि नृत्य गरेर चर्चामा आएका थिए । सुशान्त उक्त रियालिटी डान्स शोका उप–विजेता पनि हुन् । उनै सुशान्तले गीतकार दर्पणको ‘यो मुटु दुख्छ किन’मा लिरिकल फिल डान्स गरेका छन् । जुन भिडियो यु–ट्युबको एमएमएस इन्टरटेन्मेन्ट च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो निकै आर्कषक छ । यो भिडियो हेरेर शब्दभावमा जो–कोही डुब्न सक्छ । यही नै लिरिकल फिल डान्सको सफलता पनि । यस भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । भिडियोमा सुशान्त सिंगल फिचर्ड छन् ।

नेपाली गायनमा मेगास्टार राजेशपायल राईले गाएको यस गीतको भिडियोमा कोरियोग्राफ राजीव समरसँग मिलेर सुशान्तले नै गरेका हुन् । यस भिडियोमा अनिल के. मानन्धरको छायांकन, विजय बस्यालको ग्राफिक्स र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।