सुपर मममा ३० आमाको प्रतिस्पर्धा

काठमाडौं । गृहिणी जीवन बिताइरहेका आमाहरूको आन्तरिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले राजधानीमा ‘द सुपर मम’ नामक सौन्दर्य प्रतियोगिता हुने भएको छ । नेपालमै पहिलो पटक केट्स इन्टरटेन्मेन्ट र पद्मा फिल्मले संयुक्त रूमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

राजधानीमा गत मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा केट्स इन्टरटेन्मेन्टकी प्रबन्ध निर्देशक पुजना प्रधानले घरको चार पर्खालमा गुम्सिएर बसेका आमाहरूको प्रतिभालाई बाहिर ल्याउन प्रतियोगिता आयोजना गर्न लागेको बताइन् । ‘सुनौलो अवसर नपाएर गुम्सिएका प्रतिभालाई प्रस्फुटन गराउन यो प्रतियोगिता गर्न लागेका हौं’, उनले भनिन् ।

प्रतियोगितामा सन नेपाल लाइफ इन्सुरेन्सको प्रमुख प्रायोजनमा ग्लासियर कलेजलगायतको सह–प्रायोजन हुनेछ । आयोजकका अनुसार प्रतियोगिताको पहिलो संस्करणमा यसपटक ३० जना आमाहरूको सहभागिता हुनेछ । प्रतियोगिताको फिनाले आगामी वैशाख २९ गते राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा हुनेछ ।