किन रिसाईन् सरौतोकी सुमी ?

काठमाडौं । आगामी कार्तिक २२ मा रिलिज हुने फिल्म ‘सरौतो’ को ‘टिजर’ सार्वजनिक भएको छ । टिजरमा सुमी मोक्तानलाई एक्सन अवतारमा देखाइएको छ । टिजरमा सुमीसँगै सन्नी सिंह र लियो ट्यांक फिचर्ड छन् ।

नायिका सुमीले एक्सनमा फिट हुन गर्नुपर्ने हरेक मेहनत गरेको बताई । उनले आफूले एक्सन र लभर गर्लको भूमिका निर्वाह गरेको खुलाइन् । निर्देशक हुमागाईंले रिभेन्जको कथामा फिट हुन सुमीले निकै मेहनत गरेको बताए ।

फिल्ममा विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङलगायतको अभिनय रहेको छ । छाँयाकार हरि हुमागाईंको डेब्यू निर्देशन रहेको फिल्मले बद्लाको कथा बोल्नेछ । बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वानक्रिएसन, राइजिङफिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा राघवकृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको एक्सन, यसमा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत छ ।

काठमाडौं, सिम्रौनगढलगायतका तराईको स्थानमा फिल्मको छायांकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाइए उपत्यकामा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।