नेपाली सुरक्षागार्डसँग सुशान्तको ख्यालठट्टा

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको झन्डै दुई महिना पुग्न लाग्दा पनि उनको विषयमा भइरहेको अनुसन्धानले पूर्णता पाइसकेको छ । उनीबारे दिनदिनै नयाँ नयाँ कुराहरु बाहिर आइरहेका छन् । यही क्रममा उनीसँग जोडिएका केही किस्सा सञ्चारमाध्यममा आएका छन् । तीमध्ये एक किस्सामा नेपाली सुरक्षागार्ड पनि जोडिएका छन् ।

सुशान्त एक समय खड्गपुर आईआईटीमा पैदल घुमिरहेका थिए । त्यहाँ कार्यरत एक नेपाली सुरक्षाकर्मीले सुशान्तलाई ‘सर तपाईंलाई देख्दा लाग्छ कि तपाईं क्रिकेट खोल्नुहुन्छ । निकै राम्रो शरीर छ’ भन्दै सोधेका थिए । सुशान्तले उनलाई तुरुन्तै ‘म झारखण्डको तर्फबाट रणजी ट्रफी खेल्छु र म टिममा फास्ट बलर हुँ’ भन्ने जवाफ दिएका थिए । सुशान्त यस्तै स–साना कुरामा खुशी खोज्ने अभिनेता थिए ।

पाँच वर्ष अघि दुर्गा पूजाको समयमा खड्गपुरमा फिल्म ‘एम एस धोनी’को सुटिङ भइरहेको थियो । त्यहाँ धोनीका विशेष मित्र सत्यप्रकाशसँग सुशान्तले निकै समय बिताएका थिए । त्यो समयमा सुशान्तले सत्यप्रकाशसँग दूर्गा पुजाको स्टल हेर्ने इच्छा व्यक्त गरे । बिहारबाट रणजी ट्रफी खेल्ने र रेलवेजमा काम गर्ने क्रिकेटर सत्यप्रकाश धोनीका विशेष साथी हुन् ।

सत्यप्रकाशका अनुसार स्टलमा जाँदा एक बंगाली महिलाले सुरक्षाकर्मीलाई झुक्याउदै सुशान्तको अगाडि पुगिन् । ती महिलाले सुशान्तलाई ‘सुशान्तो तपाईं अत्यन्त राम्रो कलाकार हो’ भनेपछि सुशान्तले आफू ‘सुशान्त हा, सुशान्तो होइन’ भनेका थिए । त्यसपछि महिलाले ‘एउटै कुरा त हो नि’ भनेकी थिइन् । तर सुशान्तलाई ‘सुशान्तो’ निकै मनपर्यो । त्यसपछि उनले सत्यप्रकाशलाई ‘सुशान्तो’ भनेर बोलाउन आग्रह गरेका थिए ।