सुशान्तलाई मृत्युपर्यन्त राष्ट्रिय पुरस्कार

मुम्बई(एजेन्सी) । दुई महिना अघि मुम्बई बान्द्रास्थित आफ्नो घरमा आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपूतलाई भारत सरकारले राष्ट्रिय पुरस्कारबाट सम्मानित गर्ने भएको छ । बलिउडमा सुशान्तले पुर्याएको योगदानको कदर गर्दै यो पुरस्कारबाट सम्मानित गर्न लागेको हो ।

सूचना तथा प्रसारण मन्त्रालय निकट स्रोतका अनुसार जुन रुपमा सुशान्तको निधनले पुरा भारतमा शोकको माहौल छ, त्यही अनुसार उनको कामको सराहना नभएको भन्दै सम्मान गर्न लागिएको हो । ‘सुशांतको मृत्युले बलिउडलाई नै हल्लाइदियो । उनको निधनपछि उनको पक्षमा यति धेरै ठूलो आवाज उठेको छ कि सायदै त कोही जीवित व्यक्तिको पक्षमा पनि यति धेरै हुँदैन होला । यो असन्तुलनलाई सन्तुलनमा ल्याउन आवश्यक छ ।’ मन्त्रालय स्रोतले भन्यो ।

सरकारले यही सम्मान अन्तर्गत सुशान्त अभिनित फिल्मको फेस्टिभल गर्ने योजना पनि बनाइरहेको छ । त्यही फेस्टिभलमा उनलाई मृत्यु पर्यन्त राष्ट्रिय पुरस्कारबाट पुरस्कृत गरिनेछ ।