सुशान्त मामलामा रियालाई गिरफ्तारीको तयारी

मुम्बई(एजेन्सी) । उच्च अदालतले १९ अगष्टमा अभिनेता सुशान्त सिंह राजपूतका फ्यान र उनको परिवारको लगातार मागका कारण उनकै पक्षमा फैसला सुनाएको छ । उच्च अदालतले अन्नत मुद्धालाई मुम्बई सार्नका लागि रिया चक्रवर्तीको अनुरोधका पक्षमा फैसला दिएको छ । जसकारण अभिनेताको आत्महत्याको मामला सीबीआईलाई हस्तान्तरण गरेको छ । यो मामलाको जाँच अब सीबीआई मुम्बई गएर गर्दैछ । यो समूहले मुम्बई प्रहरीलाई अभिनेताको मृत्युका विषयमा जम्मा भएका सबै प्र्रमाणको बारेमा जानकारी दिन भनेको छ ।

सीबीआईका पूर्व निर्देशक एपी सिंहले हालै भारतीय सञ्चारमाध्यमसँग सुशान्तको आत्महत्याको विषयमा कुराकानी गरेका छन् । उनका अनुसार वर्तमान अवस्थामा यस्तो आरोपमा रियालाई गिरप्mतार गर्ने सम्भावना नरहे पनि आवश्यक परेमा गिरफ्तार गरिनेछ । उनले अभिनेताको मृत्यु भन्दा एक साता अघि नै सुशान्तको घर छोडेको कारण उनी गिरफ्तारीबाट बच्न सक्ने बताए ।

यद्यपि उनले अनुसन्धानको समयमा केही अन्य कुरा अगाडि आएमा रियालाई गिरफ्तार गर्न सकिने बताए । उनका अनुसार सीबीआई समूह अपराधको दृश्यका तस्बिर हेर्नका लागि फरेन्सिक विशेषज्ञको मद्दत पनि लिनसक्नेछ ।